शनिबार, अशोज १९, २०८१

रास्वपाको राष्ट्रिय भेलामा देशभरबाट १५ सय प्रतिनिधि सहभागी हुने


कान्तिपथ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आगामी असोज १ र २ गते हुने भएको छ । रास्वपाले बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलाबारे जानकारी गराएको हो ।

सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलनमा राष्ट्रिय भेलामा देशभरबाट १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरु आउने जानकारी दिएका छन् ।

राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने सांगठनिक प्रतिवेदन पनि प्रस्तुत गरिने उनले बताए ।

सह–महामन्त्री बुर्लाकोटीका अनुसार सातै प्रदेशबाट आएका प्रदेश सभापतिहरुले पनि संक्षेपमा प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत