शुक्रबार, अशोज १८, २०८१

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने


कान्तिपथ


काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने भएको छ । 

भदै ३० गतेदेखि असोज ४ गतेसम्म विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने नेपाली सेनाले जानकारी दिएको छ ।

अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुनेछ ।

काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुने नेपाली सेनाले जानकारी दिएको छ । सन् २०१२ बाट सुरु भएको संयुक्त अभ्यासको यो चौथो संस्करण हो ।-File photo
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत