शुक्रबार, अशोज १८, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • वडाध्यक्षमाथि यौन शोषणको आरोप, राजीनामाको माग गर्दै प्रदर्शन

वडाध्यक्षमाथि यौन शोषणको आरोप, राजीनामाको माग गर्दै प्रदर्शन


कान्तिपथ


सञ्जय मिश्रा, रौतहट । रौतहटको मौलापुर नगरपालिका -९ का वडा अध्यक्ष श्याम किशोर साहमाथि यौन शोषणको आरोपमा स्थानीयले राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् ।

मौलापुर ९ सोनरनियाका स्थानीयहरुले एकजना विवाहित दलित महिलालाई विभिन्न प्रलोभन देखाइ पटक पटक यौन शोषण गरेको आरोप लगाउँदै शुक्रबार वडा कार्यालयको अध्यक्ष बस्ने कोठामा तालाबन्दी गरेका छन ।

तालाबन्दी गर्नुअघि गाउँलेहरुले ब्यानर र प्लेकार्डसहित बिभिन्न नारा लगाउँदै सोनरनिया गाउँ परिक्रमा गरेका थिए ।

केहिदिन अघि गाउँकै दलित महिलाले वडा अध्यक्ष साहमाथी यौन शोषण गरेको आरोप लगाएकी थिइन ।

विवाह गर्ने आश्वासन दिएर वडा अध्यक्ष साहले बिगत केही वर्षदेखि यौन शोषण गरेको र अहिले विवाह गर्न न मान्दा आफू ठूलो समस्यामा परेको आरोप लगाएकी थिइन् ।

वडा अध्यक्ष शाहमाथि महिलाले लगाएको आरोप सामाजिक सञ्जालमा भाइरल भएपछि मौलापुर नगरपालिकाले घटना बारे सत्य तथ्य बुझ्न गत ७ गते उपमेयर नागेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिले १५ दिन भित्रमा छानबिन गरि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो ।

तर मौलापुर नगरपालिकाले हालसम्म प्रतिवेदन सार्वजनिक न गर्दा वडा अध्यक्षजो ढाकछोप भईरहेको भनेर स्थानीयले बिरोध जनाएका छन् ।

नगरपालिकाले प्रतिवेदन सार्वजनिक गरि दोशी वडा अध्यक्ष श्याम किशोर साहलाई कार्यवाही नगरेसम्म उनको कार्यकक्षमा लगाएको ताला नखोल्ने स्थानीयहरुले चेतावनी दिएका छन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत