सोमवार, अशोज २८, २०८१

तीन जना अमेरिकी नागरिक पक्राउ


कान्तिपथ


काठमाडौँ । भेनेजुएला प्रहरीले तीन अमेरिकी नागरिकलाई पक्राउ गरेको जनाएको छ । 

यसबाहेक तीन स्पेन र एक चेक गणतन्त्रका नागरिक पनि पक्राउ परेका छन् । 

उनीहरु सबैलाई देशमा अस्थिरता फैलाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

भेनेजुएलाका गृहमन्त्री डिओसडाडो काबेलोले सयौं हतियार पनि बरामद गरिएको बताएका छन् ।

उनले पक्राउ परेका विदेशी नागरिकले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र अन्य उच्च अधिकारीको हत्या गर्ने योजना बनाएको बताए ।

अमेरिकाले भेनेजुएलाका १६ अधिकारीमाथि प्रतिबन्ध लगाएको दुई दिनपछि यो गिरफ्तारी भएको हो ।

यी १६ अधिकारी राष्ट्रपति निकोलस मदुरोको निकट मानिन्छन् । 

उही समयमा, भेनेजुएला सरकारले हिरासतमा रहेका स्पेनिश नागरिकहरू स्पेनको गुप्तचर केन्द्र सीएनआईसँग जोडिएको बताएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत