बुधबार, असार २५, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • कोलकोता बलात्कार केस : मेडिकल कलेजका पूर्वप्रमुख र पुलिस स्टेशन इन्चार्ज पक्राउ

कोलकोता बलात्कार केस : मेडिकल कलेजका पूर्वप्रमुख र पुलिस स्टेशन इन्चार्ज पक्राउ


कान्तिपथ


काठमाडौँ । भारतको कोलकाताको सरकारी आरजी कार मेडिकल कलेज अस्पतालमा एक डाक्टरको बलात्कार र हत्याको आरोपमा मेडिकल कलेजका पूर्व प्रमुख सन्दीप घोष र ताला पुलिस स्टेशनका इन्चार्ज अभिजीत मण्डललाई सीबीआईले पक्राउ गरेको छ ।

भारतीय मिडियाका अनुसार सीबीआईले उनीहरुलाई प्रमाणसँग छेडछाड गरेको, बेपत्ता पार्ने र ढिलो गरी एफआईआर दर्ता गरेको आरोपमा शनिबार राति पक्राउ गरेको हो ।

अब यी दुवै अभियुक्तलाई आज अदालतमा पेश गरिने बताइएको छ ।  सन्दीप घोष यसअघि नै आर्थिक घोटाला मुद्दामा सिबीआईको हिरासतमा छन् । हाल उनलाई २३ सेप्टेम्बरसम्म प्रेसिडेन्सी कारागारमा न्यायिक हिरासतमा राखिएको छ ।

अब सीबीआईले उनलाई नयाँ मुद्दामा हिरासतमा लिने प्रयास गर्न सक्छ ।  पहिलो दिनदेखि नै सन्दीप घोष र कोलकाता प्रहरीविरुद्ध मुद्दा लुकाउने र प्रमाणसँग छेडछाड गरेको आरोप लाग्दै आएको थियो । 

त्यस्तै यसअघि पनि अप्राकृतिक मृत्युको मुद्दा दर्ता भएको थियो । शवको पोस्टमार्टम र दाहसंस्कार पछि घटनाको एफआईआर दर्ता गरिएको थियो । 

यस मामिलामा सञ्जय राई नामका नागरिक स्वयंसेवक यसअघि नै पक्राउ परेका छन् । उनी हाल सीबीआईको हिरासतमा छन् ।

अहिले यस मुद्दामा जम्मा तीन अभियुक्त पक्राउ परेका छन् । घटना भएको क्षेत्र ताला प्रहरी चौकी अन्तर्गत पर्दछ ।

यसका ओसी अभिजित मण्डल बिरामीको बहानामा सेप्टेम्बर ५ गते निजी अस्पतालमा भर्ना भएका थिए । उनलाई सोधपुछका लागि शनिबार सीबीआईको कार्यालयमा बोलाइएको थियो ।

बयानमा भिन्नता देखिएपछि राति उनलाई पक्राउ गरिएको सीबीआईले जनाएको छ ।  यता, आन्दोलनरत जुनियर डाक्टरहरूले यी पक्राउप्रति सन्तुष्टि जनाएका छन् । उनले यसलाई न्यायतर्फको ठोस कदम भनेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत