बिहिबार, अशोज १७, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • रवि लक्षित कमल थापाको टिप्पणी : ‘क्लिन चिट’ पायो होईन, कारवाहीको सिफारिश भयो !

रवि लक्षित कमल थापाको टिप्पणी : ‘क्लिन चिट’ पायो होईन, कारवाहीको सिफारिश भयो !


कान्तिपथ


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रास्वपा अध्यक्ष रवि लामिछानेले ‘क्लिन चिट’ नपाएर कारवाहीको सिफारिश भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले क्लीन चिट पाएको भन्दै जनताको आँखामा  छारो हाल्ने काम भएको उल्लेख गरेका छन् ।

साथै उनले प्रमुख दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारेको आरोप समेत लगाएका छन् । 

उनले भने- 

‘क्लिन चिट’ पायो ! होईन, कारवाहीको सिफारिश भयो ! यो जनताको आँखामा छारो हाल्ने काम हो। सत्य के हो भने,प्रमुख दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारे । भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नपारेसम्म यस्तो भैरहन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत