मङ्लबार, माघ २९, २०८१

अल नासरले बर्खास्त गर्यो मुख्य प्रशिक्षक


कान्तिपथ


काठमाडौँ । साउदी क्लब अल नासरले प्रशिक्षक लुइस कास्ट्रोलाई बर्खास्त गरेको छ ।

अल नासरले मुख्य प्रशिक्षक कास्ट्रोले क्लब छोडेको जानकारी दिएको हो ।

अल नासरमा २०२३ को जुलाई ६ देखि कार्यभार सम्हालेका कास्ट्रोलाई क्लबले यस सिजनको शुरुमै बर्खास्त गरेको छ ।

अल नासरले कास्ट्रोको नेतृत्वमा ६२ खेल खेलेकोमा ४४ खेल जितेको थियो भने ११ खेल बराबरी र ७ खेलमा हार बेहोरेको थियो ।

अल नासरले अब एसी मिलानका पूर्व प्रशिक्षक स्तेफानो पिओलीलाई प्रशिक्षक बनाउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
    



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत