काठमाडाैं । यस वर्षकी मिस नेपाल आस्मा कुमारी केसी राजनीतिमा लागेकी छन् ।
केसीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सिधै केन्द्रीय सदस्य बनाइ दिएको छ ।
राप्रपाले ‘नविन राप्रपा’ कार्ययोजना अन्तरगत ४० वर्ष मुनिका २० जनालाई सोझै केन्द्रीय सदस्य बनाउने आकर्षक ‘प्याकेज’ अघि सारेको थियो ।
विभिन्न मापदण्डका आधारमा अन्तरवार्तासमेत लिएपछि १० पुरुष र १० महिलालाई केन्द्रीय सदस्यमा हिजो मनोनयन गरिएको हो । मनोनितहरुको सूचीमा आस्माको नाम पनि छ ।
यसै बर्ष श्रावणमा भएको मिस नेपाल प्रतियोगितामा २६ वर्षीया आस्मा विजेता बनेकी थिइन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ