बिहिबार, अशोज १७, २०८१

रास्वपाको राष्ट्रिय भेलामा सभापति रविको प्रतिवेदनमाथि छलफलमा रोक


कान्तिपथ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई धारणा राख्न नदिने भएको छ ।

केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी छ ।

आज सकिने भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट करिब १५ सय प्रतिनिधि सहभागी रहेका छन् ।

भेलामा सभापति रवि लामिछानेले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने र प्रतिनिधिहरुलाई धारणा राख्न प्रतिबन्ध लगाइएको पाइएको छ ।

लामिछानेले पेश गरेको प्रतिवेदन जस्ताको तस्तै बिना छलफल पारित गर्ने तयारी गरिएको एक प्रतिनिधिले जानकारी दिएका छन् ।

राष्ट्रिय भेलामा मंगलबार प्रदेश स्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, संसदीय अभ्यास लगायतका विषयमा प्रतिवेदन पेस भएका थिए ।

ती प्रतिवेदनमाथि आज छलफल गरि अनुमोदन गर्ने कार्यतालिका छ ।

ती प्रतिवदेनहरुमा सामूहिक छलफलका लागि केही समय छुट्याइएको भए पनि पार्टी सभापतिले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि भने छलफलका लागि समय नै नछुट्याइएको बताइएको छ ।

आज प्रतिवेदन पारित गरेर राष्ट्रिय भेला सकिदै छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत