बुधबार, माघ ३०, २०८१

नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार


कान्तिपथ


काठमाडौँ । नेप्सेमा आज ४ अङ्कको गिरावट आएको छ । बुधबार नेप्से ४ अङ्कले घटेर २५७६. ७६ विन्दुमा रोकिएको हो ।

आज ३२० कम्पनिको कारोबार हुदा एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज कालिका लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ७.८८ प्रतिशतले बढेको छ । त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मुल्य सबैभन्दा बढी ६.७७ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी २० करोड ५३ लाख २९ हजार २२४ बराबरको शेयर कारोबार भएको छ ।  

त्यस्तै आज कुमारी बैंकको शेयरको सबैभन्दा बढी ५ लाख ७ हजार २७० कित्ता शेयर कारोबार भएको छ  ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत