काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेष्ट महिला भलिबल लिगका लागि गण्डकी थण्डर्सले रुसकी खेलाडीलाई क्लबमा आबद्ध गरेको छ ।
गण्डकी थण्डर्सले रुसकी खेलाडी एकातोरिना जुभियागिनसिभालाई क्लबमा आबद्ध गरेको हो ।
गण्डकीले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा एकातोरिनालाई अनुबन्ध गरेको हो ।
एकातोरिनाले नेपालमा भलिबल खेल्न आउन पाउनु आफ्ना लागि खुसीको कुरा भएको बताएकी छन् ।
उनले भनिन्, ‘नेपालजस्तो सुन्दर देशमा भलिबल खेल्न आउन पाउँदा मलाई निकै खुसी लागेको छ । अब छिट्टै कोर्टमा भेट हुनेछ ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ