शुक्रबार, अशोज १८, २०८१

१२ जिल्लाका सिडिओ हेरफेर‚ को कहाँ ? (सूचीसहित)


कान्तिपथ


काठमाडौँ । नेपाल सरकारले १२ जिल्लाका सिडिओको हेरफेर गरेको छ ।

गृह मन्त्रालयले ललितपुर र भक्तपुरसहित १२ जना सिडिओ हेरफेर गरेको हाे । साथै मन्त्रालयले ८ जनाको सरुवा गरेको छ भने ४ जनालाई मन्त्रालयमा तानेको छ ।

मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार ललितपुरमा घनश्याम उपाध्याय, रामेछापमा दिपक पहाडी, संखुवासभामा नुरहरी खतिवडा, दोलखामा टेकराज निरौला, चितवनमा आसमान तामाङ, धादिङमा कृष्णा लम्साल, उदयपुरमा विरेन्द्र यादव र रुपन्देहीमा ऋषि तिवारीलाई सरुवा गरिएको छ ।

त्यस्तै, भक्तपुरमा रुद्रादेवी शर्मा, गुल्मीमा पुण्यविक्रम पौडेल, गोरखामा शंकर अर्याल, मोरङमा काशिराज दाहाललाई पठाइएको छ ।

मोरङका सिडिओ कोषहरि निरौला, ललितपुरका ढुण्डीराज निरौला, दोलखाका सिडिओ बासुदेव घिमिरे र संखुवासभाका टेकनारायण पौडेललाई गृह मन्त्रालय तानिएको छ ।

मुगुमा कमलप्रसाद पाण्डे, बझाङमा ओम प्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, पूर्वी रुकुममा रुद्र प्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णु प्रसाद भुसाल सिडिओ बनेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत