काठमाडौं । काठमाडौंको दरबारमार्गबाट फरार प्रतिवादी बझाङ मष्टा गाउँपालिका ३ स्थायी घर भएका १९ वर्षीय तिलक खड्का पक्राउ परेका छन्।
दरबारमार्गमा बिहीबार संविधान दिवसका अवसरमा ‘नेशनल डे कन्सर्ट’ को आयोजना भएको थियो। उक्त कन्सर्टमा धकेलाधकेल र अभद्र व्यवहार गरिरहेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
ती व्यक्तिलाई नियन्त्रणमा लिएर पृष्ठभूमि हेर्दा फरार प्रतिवादी रहेको खुलेको प्रहरीले जनाएकाे छ ।
उनीविरूद्ध प्रहरी वृत्त दरबारमार्गबाट ३ महिनाअघि मुद्दा चलेको थियो। त्रिचन्द्र क्याम्पसमा ३ महिना अगाडि सोही क्याम्पस पढ्ने प्रवेश लामालाई ‘नक’ ले प्रहार गरेर घाइते बनाएका थिए।
घाइते लामा अहिले खतरामुक्त भइसकेका छन्। तर उक्त घटनापछि फरार रहेका खड्कालाई प्रहरीले पक्राउ गरी म्याद थप गर्ने तयारी गरिरहेको हो।
खड्काविरूद्ध ज्यान मार्ने उद्योग कै अर्को घटना पनि रहेको खुलेको हो। यद्यपि उक्त मुद्दामा भने उनी धरौटीमा छुटेको प्रहरीले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ