कोटदेवी विद्यानगर समाज सुधार समितिको आयोजनामा निशुल्क स्वास्थ्य शिविर तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँ ३२ नरेफाँटस्थित कोटदेवी पब्लिक सेकेण्डरी स्कुलमा भएको कार्यक्रममा करिब १००० जनाको सहभागिता भएको समितिका अध्यक्ष देव चौलागाईंले जानकारी दिए । स्वास्थ्य शिविरमा ७५० जनाले स्वास्थ्य सेवा लिएको तथा ६० जना रक्तदाताले रक्तदान गरेको चौलागाईंले बताए ।
अल्फा हेल्थ केयर एण्ड डाईग्नोस्टीक सेन्टर, बानेश्वर, आध्या डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर र सुर्य जनसेवा पोलिक्लिनिक, कोटेश्वरको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा समाजसेवी राजकुमार श्रेष्ठ, सुदिप सापकोटा, सुमन जिसी, हब इन्टरनेशनल, कोटदेवी स्कुल लगायतको प्रायोजन रहेको थियो ।
जडिबुटी क्षेत्रमै क्रियाशील सामाजिक संस्थाहरु नरेफाँट सेवा समाज, मनोहरा विद्यानगर सेवा समाज, सामुदायिक सशक्तिकरण, सामुदायिक पार्क व्यवस्थापन समिति सह-आयोजकको रुपमा रहेका थिए ।
समितिका अध्यक्ष देव चौलागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. भगवान कोइराला, माननीय सुनिल केसी, पुर्व नायब महान्यायाधिवक्ता सुर्य कोइराला, ३२ नं वडाका वडा अध्यक्ष नवराज पराजुली, नेपाल प्रहरीका डिएसपीद्वय उद्धवसिंह भाट, शिवराज बुढाथोकी, कलाकारहरु जितु नेपाल, राजीव जंग बस्नेत, खेलाडीहरु उमेश गुरुङ्ग, जीवन लामा, सामाजिक अभियन्ता केपी खनाल, समाजसेवी पदम रेग्मी, रामशरण बोहोरा, सार्कीमान लामा लगायतको उपस्थिति थियो भने कार्यक्रम संचालन समितिका सचिव मुक्ति आचार्यले गरेका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ