काठमाडौँ । दसैँ सुरु हुन ११ दिनमात्रै बाँकी छ । तर दसैँका लागि टिकट बुकिङ अझै खुलेकाे
छैन । दसैँका लागि अग्रिम टिकट खुलाउने विषयमा पटक–पटक छलफल भएपनि सरकार र यातायात व्यवसायीबिच सहमति जुट्न सकेको छैन ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र यातायात व्यवसायीबिच भएको छलफल पनि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निष्कर्ष विहीन हुँदै टुङ्गियो ।
सो छलफलपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक विभाग अन्तर्गतका सबै सडकहरू घटस्थापना अघि नै मर्मत संहार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेका छन् ।
छिटै टिकट बुकिङ खुला गरिने निर्णय गरिए पनि मिति भने तय हुन नसकेको मन्त्रालयले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ