आइतवार, अशोज २०, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • श्रमजीवी पत्रकारका नेता जैसीलाई ‘राष्ट्रपतिद्वारा सम्मान’

श्रमजीवी पत्रकारका नेता जैसीलाई ‘राष्ट्रपतिद्वारा सम्मान’


कान्तिपथ


काठमाडौँ । प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा पत्रकारिता क्षेत्रको विकास र समृद्धिमा खेलेको भूमिकाको उच्च कदर गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीलाई राष्ट्रिय सम्मान गर्ने भएको छ।

आइतबार राष्ट्रपति भवनमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जैसी सम्मानित हुँदैछन् ।

विभिन्न सञ्चार प्रतिष्ठानमा आवद्ध रहेर त्यस क्षेत्रको विकास र राष्ट्र निर्माणमा पुऱ्याएको योगदान सबैका लागि अविष्मरणीय र अतुलनीय रहेको प्रेस काउन्सिल नेपालले जैसीलाई सम्मान गर्ने घोषणा गरेको हो।

‘पिता जक्तिराम जैसी र माता अम्रिता जैसीको कोखबाट कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा न -१ लुसामा जन्मनु भई अत्यन्तै निष्ठा र समर्पणका साथ पत्रकारिता क्षेत्रमा सक्रियतापूर्वक लागेर नेपाली नागरिक समाजमा आफूलाई निष्ठापूर्वक समर्पित गराउँदै आउनु भएको जैसीले पत्रकारिता क्षेत्रको माध्यमबाट नागरिकको सेवामा खेल्नुभएको सक्रिय भूमिका सबैका लागि प्रेरणादायी र प्रसंसनीय रहँदै आएको छ।

पत्रकारिता क्षेत्रको विकास र समृद्धिमा खेल्नुभएको भूमिकाको उच्च कदर गर्दै काउन्सिलले सम्मान गर्ने निर्णय गरेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत