काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चीन गएका आफ्ना नेताहरुलाई फिर्ता बोलाएको छ ।
पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि केन्द्रीय पार्टी कार्यालयमा भेला भएका रास्वपाका नेताहरूको छलफलले चीन भ्रमणमा गएका आफ्ना नेतालाई फिर्ता बोलाएको हो ।
पूर्वडीआईजी जोशी पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछानेले आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएका हुन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर–१६ स्थित वनस्थलीमा पार्टी कार्यकर्ता भेला भएका छन् ।
छविलालको बयानपछि मात्रै लामिछानेलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ