शुक्रबार, जेष्ठ ३०, २०८२

मेडिकल व्यवसायी प्रसाईका समर्थकले जलाए ३ वटा ट्रक


कान्तिपथ


झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् ।

प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए ।

चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् ।

बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ ।

६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन् ।

उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाई छ ।

नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

त्यसैगरी सोमबार बिहान झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत