आइतवार, अशोज २०, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • बाढीले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकियो, नजिक अग्निजन्य पदार्थ प्रयोग नगर्नु : आयल निगम

बाढीले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकियो, नजिक अग्निजन्य पदार्थ प्रयोग नगर्नु : आयल निगम


कान्तिपथ


काठमाडौँ । नेपाल आयल निगमले हनुमन्ते खोलाले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकिएको जानकारी दिएको छ ।

च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको अवस्थामा रहेको सो ग्याँस बुलेटमा ग्याँस लिक भएर सकिएको भएपनि नजिक नजान निगमले आग्रह गरेको छ । निगमले उक्त ग्याँस बुलेट सो स्थानबाट नहटाएसम्म नजिक नजान र अग्निजन्य पदार्थ प्रयोग नगरिदिन आग्रह गरेको छ ।

सो ग्याँस बुलेट भ्याली अटो ग्याँस प्रालिमा रहेको अवस्थामा बगाएको जानकारी दिएको छ । 

शनिबार बिहान  सो ग्याँस बुलेटलाई बाढीले बगाएपछि ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका थिए । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत