काठमाडाैं । आज दिउसाेबाट पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रने मौसमविद्ले बताएका छन्।
मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट पुनः वर्षा सुरू हुन लागेको हो।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल घटस्थापनाको दिनसम्म पानी पर्ने बताउँछन्।
उनकाअनुसार सोमबार अपराह्नदेखि फेरि अर्को मौसमी प्रणालीले पूर्वी नेपालबाट प्रवेश गर्न लागेको हो।
‘नेपालमा अर्को केही दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने छ। हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ तर केही क्षेत्रमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ,’ उनले भने।
गत बिहीबारदेखि शनिबारसाँझसम्म बंगालको खाडीबाट विकास हुँदै आएको न्यूनचापीय प्रणालीका कारण घनघोर वर्षा भएको थियो। उक्त प्रणालीले देशका २५ स्थानमा यसअघिको वर्षाको रेकड ब्रेक गरेको थियो। उक्त विवरण अनुसार घटस्थापनासम्म वर्षा हुने जनाएकाे छ ।
दशैं मौसम: आज अपरान्ह देखि फेरि आर्को मौसमी प्रणालीले पुर्बी नेपालबाट वर्षा लेराउने भएको छ। पुर्बी भेगमा आज देखि सुरु हुने बर्षा गण्डकी सम्म पुग्ने र घटस्थापना सम्म रहने देखिन्छ। भोलि र पर्सि लगातार वर्षा हुने सम्भावना रहेको छ।
— Binod Pokharel (@BinodClimate) October 1, 2024
Next 5-day forecast from two models👇 pic.twitter.com/N0mSC6QbZE
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ