शुक्रबार, अशोज १८, २०८१

झ्याप्ले खोलाको पहिरोमा बाँचेका चालक विश्वकर्माको बयान


कान्तिपथ


काठमाडाैं । धादिङका यम विश्वकर्मा काठमाडौं–नारायणघाट रूटको माइक्रो चलाउँछन्।

शुक्रबार नारायणघाट बसपार्कबाट यात्रु हालेर उनी दिउँसोपख काठमाडौंतर्फ लागेका थिए।

माइक्रोमा १५ जना यात्रु थिए। ढिलै भए कम्तीमा ८ बजेसम्म काठमाडौं पुगिन्छ भन्ने साेचेका थिए ।

नारायणघाटमा हिँड्दा पानी परिनै रहेको थियो। बाटामा अवरोध भएको उनले सुनेका थिएनन्।

गाडीले विस्तारैविस्तारै गति लिँदै थियो। सिम्ले आइपुग्दा अँध्यारो खनिइहाल्यो।

पानी पर्ने क्रमले पनि तीव्रता लियो।

त्यो क्षण सम्झँदै उनी भन्छन्, ‘राजमार्गमा कहिले उसले, कहिले मैले ओभरटेक गर्दै अगाडि पछाडि भएरै आइरहेका थियौं, तर हामी सामान्य गतिमै थियौं,’ विश्वकर्माले भने।

झ्याप्ले खोलामा आइपुग्दा रातिको ११ बजेको हुँदो हो। त्यतिबेला पनि बुटवलबाट आएको गाडी केही पछाडि थियो।

नागढुंगा सुरूङमार्ग नजिकैको सडकबाट उनले त्यही गाडीलाई ओभरटेक गरेर अगाडि आएका थिए।

मध्यरात भइसकेकाले मानिसहरू बोलेको आवाज सुनिएन। घनघोर पानी परेकाले त्यही आवाज मात्रै कानमा ठोक्किइरहन्थ्यो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत