सोमवार, अशोज २८, २०८१

प्रस्तावित प्रधान्यायाधीश प्रकाशमानविरुद्ध ६ वटा उजुरी


कान्तिपथ


काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधान्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ ।

संसीय सुनुवाइ समितिले आह्वान गरेको निर्धारित १० दिनभित्र ६ वटा उजुरी परेको हो ।

राउतविरुद्ध सैनिक ऐनको व्याख्याका सम्बन्धमा प्रश्न उठाइएको छ । नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले अमेरिकाबाट उजुरी दिएका हुन् ।

श्रीमतीसँग विवादित र झगडिया रहेको टिप्पणी गर्दै अर्को उजुरी परेको छ । कतिपय न्यायाधीशमाथि छानबिन गर्नुपर्ने दाबी गर्दै छानबिन कि हुँदैन भन्ने अर्को प्रश्न गरिएको छ ।

नेपाली सेनाविरुद्धको मुद्दामा सदैव स्थगित गर्ने गरेको आरोप लगाएर अर्को उजुरी परेको छ । चितवनकी शुभलक्ष्मी थपलियाले राजमार्गमा परेका कारण आफ्नो ११ आना जग्गा गुमेको र बाँकी रहेको ३ आना जग्गाबारे अदालतले गरेको फैसलाले उठिबास लगाएको आरोप लगाउँदै उजुरी दिएकी छन् ।

बाजुराका गगन ऐडीले न्यायाधीश राउतसँग प्रमाण मूल्यांकन गर्ने क्षमता नै नभएको आरोप लगाउँदै उजुरी दिएका छन् ।

न्यायाधीश प्रकाशमान सम्मिलित इजलासबाट छोरा चेतनदास ऐडीको हत्यामा संलग्न भएकाहरूलाई साधारण तारेखमा छाडिएको उल्लेख गर्दै यस्तो उजुरी दिएका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत