बिहिबार, मंसिर २०, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • सडक दुर्घटना नियन्त्रण प्रयासः छाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’

सडक दुर्घटना नियन्त्रण प्रयासः छाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’


कान्तिपथ


नेपालगन्ज । छाडा चौपायाका कारण सडक दुर्घटना नहोस् भन्ने उद्देश्यले नेपालगन्जका छाडा चौपायाको घाँटीमा ‘रिफ्लेक्टर’ लगाइएको छ ।


छाडा चौपायाका कारण राति बढी दुर्घटना हुन थालेपछि प्रहरीले छाडा चौपायालाई रिफ्लेक्टर लगाएको वडा प्रहरी कार्यालयका प्रमुख अरुण बमले बताए ।

नेपालगन्ज उपमहानगरपालिका–४, ५ र ६ का सडकमा अधिक छाडा चौपाया भेटिने गरेका बताउँदै उहाँले  रिफ्लेक्टर लगाउन  सहज नभएको गुनासो गरे । छाडा चौपाया व्यवस्थापन स्थानीय तह, ट्राफिक प्रहरी र प्रशासनलाई चुनौतीपूर्ण बन्दै गएको बताए । 

हालसम्म नगरक्षेत्रमा रहेका छाडा चौपायाको यकिन विवरण सङ्कलन नभएको जानकारी प्रमुख बमले दिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत