मङ्लबार, कार्तिक २७, २०८१

अवैध लागूऔषधसहित १३ जना पक्राउ


कान्तिपथ


काठमाडाैं । कैलालीकाे धनगढी उपमहानगरपालिका-२ भन्सार चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछानेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै दाङकाे घोराही उपमहानगरपालिका-१० खैराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ जलौरा बस्ने २० वर्षीय आकाश बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै मोरङकाे बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय कोलेन राई, २८ वर्षीय सोनाम तामाङ र सोही उपमहानगरपालिका-७ बस्ने २७ वर्षीय अगम राई रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै काठमाडौंकाे काठमाडौं महानगरापालिका-१५ चमती डेरा गरी बस्ने १९ वर्षीय नबिन रिजालको कोठाबाट अवैध लागूऔषध गाँजाको धुलो करिब २ सय ग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ७ सय ६५ ट्याब्लेट, ट्रामाडोल ५ सय ५० ट्याब्लेट, स्ट्रागन ३ सय ७० ट्याब्लेट, स्पास ३० ट्याब्लेट र नगद २९ हजार ७ सय रूपैयाँ सहित काठमाडौं महानगरपालिका-१५ चमती बस्ने २६ वर्षीय अनिष महर्जन समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै सर्लाहीकाे बागमती नगरपालिका-१२ बागमती पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम तामाङ र १९ वर्षीय निशान दोङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत