बिहिबार, मंसिर २०, २०८१

हत्यामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ


कान्तिपथ


झापा । बाह्रदशी गाउँपालिका-५ फुलाबारी बस्ने २२ वर्षीय राजेश हजामको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-७ बस्ने ३१ वर्षीय समिर राजवंशी, २० वर्षीया मुना मेचे राजवंशी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् ।

राजेश गत जेठ १५ गते देखि हराई बेपत्ता भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले हत्या गरी बाह्रदशी गाउँपालिका-७ बिरिङ खोलाको पश्चिम किनारामा गाडेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत