मङ्लबार, बैशाख १, २०८३

दसैं नजिकिदै गर्दा रश्मीको हत्या


कान्तिपथ


गोरखा । दसैं नजिकिदै गर्दा गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ ।

२८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनको उपचारको क्रममा विहीबार बिहान २ बजे दमौलीमा मृत्यु भएको हाे ।

धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो । उनलाई सुरुमा उपचारका लागि तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि राति १ बजे दमौली अस्पतालमा रिफर गरिएको थियो ।

दमौली अस्पतालका चिकित्सकले आज बिहान दुई बजे मृत घोषणा गरेको हाे।

प्रहरीका अनुसार उनका श्रीमान राजु कुमाल विदेशमा छन् । घरमा आठ वर्षको छोरामात्र छन् । प्रहरीका अनुसार राति घर नजिकै साँस्कृतिक कार्यक्रम थियो । साँस्कृतिक कार्यक्रमबाट फर्किएर घरभित्र प्रवेश गर्ने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो ।

प्रहरी इन्सपेक्टर कार्कीका अनुसार उनको मोबाइल बरामद गरी घटनाको अनुसन्धान सुरु गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत