शनिबार, मंसिर २२, २०८१

८३ कैदीबन्दीले आफन्तको हातबाट टीका लगाए


कान्तिपथ


तनहुँ । बडादसैँमा तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा शनिबार साँझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो ।

सो क्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए । उनले भने, “दुई सय ३७ जना आफन्तजनले कैदी बन्दीसँग भेट गर्दै दसैँ मनाएका छन् । दसैँ मनाउन पाउँदा कैदी बन्दी खुसी भएका छन् ।’’

विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले उल्लेख गरे ।

कारागारमा रहेका कैदीबन्दीले दसैँ मनाउनका लागि रकम सङ्कलन गरेका थिए । सोही रकमबाट उनीहरूले खसीको व्यवस्थापन गरेका थिए ।

सरकारले दसैँ मनाउका लागि प्रति कैदी बन्दी रु तीन सय र लत्ताकपडा बापत रु दुई हजार पाँच सय उपलब्ध गराएको थियो ।

केही कैदीबन्दीले मुडा विक्री गरेर समेत दसैँ खर्च जुटाएका थिए ।

तनहुँ कारागारमा तीन सय ३० कैदी बन्दी छन् । उनीहरूलाई कारागारभित्र रहेका दुई वटा ब्लकमा व्यवस्थापन गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत