बिहिबार, मंसिर २०, २०८१

बाढीले हरिनगरमा २४ करोड २७ लाखको क्षति


कान्तिपथ


हालैको बाढीले हरिनगर गाउँपालिकामा २४ करोड २७ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा उक्त रकम बराबरको क्षति भएको हो ।

हरिनगरमा बाढीले सात वटा विद्यालय, छ वटा पुल तथा सडक आंशिक क्षति भएको तथा नौ सय बिघामा लगाइएको बाली नष्ट भएको छ । एक हजार छ बिघामा लगाइएको बालीमा भने आंशिक क्षति भएको छ ।

त्यसैगरी, ४० बिघा जमिन पूर्ण रुपले र ५५ बिघा जमिनमा आंशिक क्षति क्षति भएको छ । तीनवटा स्वास्थ्य चौकी भत्कनुका साथै २५ वटा चौपाया मरेका उक्त कार्यालयले जनाएको छ । बाढीले भत्केका भौतिक संरचनाको मर्मतसम्भार प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत