बिहिबार, मंसिर २०, २०८१

रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले यस कारण दिए राजीनामा


कान्तिपथ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । दशैँअघि नै न्यौपानेले दिएको राजीनामा स्वीकृत भएको रास्वपा स्रोतले जानकरी दिएको छ ।

पार्टीको सक्रिय राजनीति गर्न न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको बताइएको छ ।

रास्वपाको विधान अनुसार ११ सदस्यीय हुने अनुशासन आयोगमा न्यौपानले राजीनामा दिएपछि हाल चार सदस्य मात्र रहेका छन् ।

अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा देवकोटाले कार्यवाहक प्रमुख भएर काम गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत