बाजुरा । खप्तड छेडेदह गाउँपालिकाको आट चौरमा शनिबारदेखि छैटौँ छेडेदह गोल्ड कप सुरु भएको छ ।
छेडेदह स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. तीन लाख र उपविजेतालाई रु. दुई लाख प्रदान गरिने छ ।
खप्तड छेडेदह गाउँपालिका-७ आट चौरमा २०७६ सालदेखि हरेक वर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि पालिकाले हरेक साझा नीति तथा कार्यक्रम बनाउन आवश्यक रहेको बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ