शुक्रबार, असार ६, २०८२

ट्रायल पास गरेपछि अब लाइसेन्स आवश्यक नपर्ने


कान्तिपथ


काठमाडौँ । सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस बारे जानकारी दिदै नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने भएको बताएका हुन् ।

सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको बताएका छन् ।

आजदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने भएको उनले बताए ।

नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको र कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा लागेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

यसबाट राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत