बिहिबार, मंसिर २०, २०८१

अब इन्टरनेटबिना नै मोबाइलबाटै बैंकिङ कारोबार गर्न सकिने


कान्तिपथ


काठमाडौं । इन्टरनेटबिना नै मोबाइलबाटै बैंकिङ कारोबार गर्न सकिने सेवाका लागि नेपाल दूरसञ्चार कम्पनीलाई आग्रह गरिने भएको छ।

नेपाल राष्ट्र बैंकले अनस्ट्रक्चर्ड सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी)सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा यस किसिमको भुक्तानी उपयुक्त हुने निष्कर्ष निकालेको हो।

सन् २०२१ देखि सञ्चालनमा आएको नमस्ते पेले यस किसिमको सेवा दिँदै आए पनि सहज र सहुलियत नभएका कारण ठूलो क्षेत्र समेट्न नसकेको भन्दै राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले सेवा सुविधामा थप गर्न सुझाव दिएको हो।

प्रतिवेदनले इन्टरनेटविना नै भुक्तानी गर्न मिल्ने गरी सहुलियत दरमा यूएसएसडी पेमेन्ट कार्यान्वयनमा ल्याउन सकिने उल्लेख गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरण र राष्ट्रिय वाणिज्य बैंकको लगानीमा सञ्चालित नमस्ते पेबाट भुक्तानी महंगो र झन्झटिलो हुँदा सेवा प्रभावकारी नभएको भन्दै कम लागतमा भुक्तानी गर्न सकिने व्यवस्था गर्न भनेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत