काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ सयले वृद्धि भइ एक लाख ६५ हजार कायम भएको छ ।
महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा ९५ ले वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने २ हजार ७५ निर्धारण भएको महासङ्घले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ