शुक्रबार, असार ६, २०८२

प्रथम सोल्मा यु–१७ फुटबलको उपाधि सोल्मा स्पोर्टस् क्लबलाई


कान्तिपथ


खोटाङ । प्रथम सोल्मा यु–१७ फुटबल प्रतियोगिताको उपाधि आयोजक सोल्मा स्पोर्टस् क्लब (निलो) ले जितेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको खेल मैदानमा सोमबार साँझ सम्पन्न फाइनल खेलमा दिक्तेल फुटबल क्लब दिक्तेललाई ३–० हराउँदै आयोजक निलोले उपाधि जितेको हो ।

खेलको पहिलो हाफको नवौँ मिनेटमा सोल्मा निलोका खेलाडी प्रविण तामाङले गोल गर्दै अग्रता दिलाएका हुन् । दोस्रो हाफको २०औँ मिनेटमा सोल्मा निलोका गोलरक्षक पास्कल बस्नेतले पोष्टबाट हानेको बल गोलमा परिणत भएपछि अग्रता दोब्बर भएको थियो ।

दोस्रो हाफको ३३औँ मिनेटमा सोल्मा निलोका खेलाडी तिलक कार्कीले तेस्रो गोल गरेपछि जीत सुनिश्चित भएको हो । उपाधि विजेता आयोजकले २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा विभिन्न विद्यागत पुरस्कारसमेत वितरण गरिएको थियो । विभिन्न विधागत उपाधिअन्तर्गत सोल्मा निलोका खेलाडी तिलक कार्कीले बेष्ट प्लेयर, हाइ स्कोरमा प्रविण तामाङ, बेष्ट किपरमा पास्कल बस्नेत, बेष्ट डिफेण्डरमा दिलीप राई, बेष्ट मिडफिल्डरमा आशिष राई र बेष्ट कोचमा सनम राई घोषित भएका आयोजक सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिए ।

उनीहरूमध्ये बेष्ट प्लेयर कार्कीले नगद दुई हजार दुई सय २२, ट्रफी र प्रमाणपत्र तथा अन्य विद्याग पुरस्कार विजेताहरूले जनही नगद एक हजार एक सय ११ को साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । चाडबाडका बेला युवाहरूलाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै कुलतबाट जोगाउन फुटबल प्रतियोगिता आयोजना क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले बताए ।

विजयी समूह तथा खेलाडीलाई जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राईले पुरस्कार वितरण गरेका थिए । यही कात्तिक २ गतेदेखि सुरु भएको प्रथम सोल्मा यु–१७ फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका आठ वटा क्लबका खेलाडी सहभागी भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत