बुधबार, माघ ३०, २०८१

खेलकुद क्षेत्रको विकासका लागि भगीरथ प्रयास


कान्तिपथ


काठमाडौँ। युवा तथा खेलकुद क्षेत्रको विकासका लागि पाँचवटा नीतिगत तथा कानुनी सुधारका प्रयास प्रारम्भ भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति, २०८१ को मस्यौदा तयार गरी त्यसमा रायसँगै प्रस्तावित कार्यक्रममा सहमति दिन अर्थ मन्त्रालयसमक्ष अनुरोध गरेको छ ।

वर्तमान सरकारको एक सय दिनको उपलब्धिमा मन्त्रालयले राष्ट्रिय खेलकुद नीतिको मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा पठाएको विषयलाई समावेश गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को संशोधन मस्यौदा तयार भए तापनि त्यस सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयकोसहमति लिन भने बाँकी रहेको जनाइएको छ ।

यसअवधिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका तथा खर्चको आधार, २०८१ को मस्यौदामा मन्त्रालयको तर्फबाट पुनरावलोकन गरी अन्य प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद् पठाइएको उक्त मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा निर्माण हुने मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयारीलाई पनि खेलकुद मन्त्रालयले प्रगति विवरणमा समावेश गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत