सिरहा । लहानस्थित दुर्गा मन्दिरमा नवरात्रमा भक्तजनले अर्पण गरेका साडी अतिविपन्न मुसहर महिलाहरुलाई प्रदान गरिएको छ ।
दुर्गा पूजा समितिका संयोजक एवं लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले वडा नं १५ शोभापुरका मुसहर समुदायका ९१ जना महिलालाई बुधबार अपराह्न जनही एउटा साडी प्रदान गरेकाे हो ।
समितिका सदस्य विकास शारदाका अनुसार यस वर्षको दुर्गा पूजामा रु ८ लाख ५३ हजार नगद र ३ तोला ४ आना सुन सङ्कलन भएको छ ।
यो गत वर्षको भन्दा रु १ लाख ५३ हजारले बढी हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ