शनिबार, मंसिर २९, २०८१

लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीको शपथ


कान्तिपथ


लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुखसमक्ष शपथ गराइएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ गराएका हुन्।

बर्दियाका जन्मजय तिमिल्सिना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्री तिमिल्सिना र कलवार नेपाली कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टीबाट प्रदेश सभा सदस्य हुन् ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नेकपा (एमाले)का पाँच, कांग्रेसका पाँच र जसपाका एक गरी मन्त्रीको संख्या ११ पुगेको छ ।

मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए।

सोही आधारमा नवनियुक्त मन्त्रीको शपथ गरिएको हो।

कांग्रेस र एमालेका ५६ प्रदेश सभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो ।

शपथ कार्यक्रममा मुख्यमन्त्री आचार्य, सत्तासाझेदार दल कांग्रेसका दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीलगायतको सहभागिता थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत