बिहिबार, मंसिर २०, २०८१

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ


कान्तिपथ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट किस्पाङ्ग गाउँपालिका-१ काउले घर भई काठमाडौं महानगरपालिका-२२ सुन्धारा बस्ने ४३ वर्षीय हरी चन्द्र पौडेल र ३३ बर्षीय अर्जुन कुमार पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सर्लाही मलंगवाको २०८१ भदौ २१ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय बरहथवा सर्लाही पठाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत