बिहिबार, मंसिर २०, २०८१

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


कान्तिपथ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अपराहन्न १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक गतिविधि र आगामी कार्यदिशाका बारेमा छलफल हुने छ ।

सभापति रवि लामिछाने सहकारी ठगि प्रकरणमा पक्राउ परेपछि बस्न लागेको बैठकले आगामी आन्दोलनका कार्यक्रम बारे निर्णय लिने बुझिएको छ ।

यस अघि पोखरा केन्द्रित आन्दोलन गरेको रास्वपाले लामिछानेलाई थप ७ दिनको म्याद थप भएसँगै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताएको थियो ।

तर शुक्रबारको प्रदर्शनमा तुलानात्मक रुपमा कम संख्यामा उपस्थिति भएपछि नयाँ रणनीति बनाउने बुझिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत