बिहिबार, माघ १, २०८२

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत


कान्तिपथ


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् ।

उनले पार्टीका केन्द्रीय सदस्य डा. गोपाल दहित प्रमुख रहेको उक्त विभागमा विधानको व्यवस्था बमोजिम सोमबार सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विभागमा रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाल) र प्रह्लादकुमार कामतलाई मनोनीत गरिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत