रौतहट । गौर नगरपालिका-२ दश गाजा जाने बाटोबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित भारत ढाक्का थाना मोतिहारी ग्राम फुलबारिया-९ पूर्वी चम्पारण बिहार बस्ने ४८ वर्षीय त्रिभुवन प्रसाद चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट महादेव पट्टीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त रकम सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ