मङ्लबार, मंसिर १८, २०८१

घुससहित पक्राउ परेका ओलीविरुद्ध मुद्दा दायर


कान्तिपथ


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीविरुद्ध मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुस मागेको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान हुँदा ओलीले सेवा ग्राहीसँग घुस लिएको पुष्टि भएकाले बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिएर सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

जिल्ला झापा, बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

प्रेस विज्ञप्ति:- मिति २०८१।०७।१२ गते।

जिल्ला झापा, बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुस/रिसवत लिइसकेको अवस्थामा ईलाका प्रहरी कार्यालय, अनारमनी, झापामा बुझाइएको हुँदा आवश्यक कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको टेलिफोन मार्फत प्राप्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष डिल्ली प्रसाद ओलीलाई रु.८०,०००।–(असी हजार रुपैयाँ) घुस/रिसवत सहित नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला झापा, बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीले जग्गा पास गर्ने सम्बन्धी वडा कार्यालयमा भएको सहमति निर्णय कार्यान्वयन गर्न गराउन सेवाग्राहीसँग रु.८०,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.८०,०००।–(असी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत