अमेरिकी राष्ट्रपति चुनावकी उमेदवार कमला ह्यारिसले आफ्नो चुनावी प्रचारको अन्तिम सभा गरेकी छिन् । वाशिङ्टन डिसिमा आयोजित सभामा कमला ह्यारिसले आफ्ना प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प सानो तानाशाह भएको टिप्पणी गरेकी छन् ।
सन् २०२१ को जनवरी ६ मा डोनाल्ड ट्रम्पले आफ्ना समर्थकलाई अमेरिकी कंग्रेस (संसद भवन)मा आक्रमण गर्नु उक्साएको ठाउँमा ह्यारिसले आफ्नो चुनावी प्रचारको अन्तिम सभा गरिन् ।
ट्रम्पले आफ्ना समर्थकलाई अमेरिकी कंग्रेसमा आक्रमण गर्न उक्साएको दिन सम्झिदै ह्यारिसले भनिन्, “अमेरिकी इतिहासमा सम्भवत पहिलोपटक यो चुनाव स्वतन्त्रता र अराजकताबीचको छनोट हो ।”
सन् २०२१ मा ट्रम्पले जनताको इच्छा उल्ट्याउने मनसायले अमेरिकी कंग्रेसमा हमला गरेको स्मरण गर्दै उनले भनिन्, “ट्रम्पसँग शत्रुहरूको सूची छ । चुनाव जितेमा ट्रम्पले ती सबैसँग बदला लिनेछन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ