काठमाडौं । अमेरिकामा जारी आईसीसी विश्वकप लिग-२ मा नेपाललाई घरेलु टोली अमेरिकाले ३७ रनले पराजित गरेको छ।
टस हारेर ब्याटिङ्गको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमा २८१ रन बनाएको थियो।
नेपालका तर्फबाट गुल्शन झाले ३ विकेट, सोमपाल कामी र सन्दिप लामिछानेले २–२ विकेट र कुशल भुर्तेलले १ विकेट लिएका थिए।
२८२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्गमा उत्रिएको नेपाल भने ४९।५ ओभरमा २४४ रनमा अलआउट भयो।
नेपाललका लागि अनिल शाहले सर्वाधिक ५२ रन बनाएका थिए भने सोमपाल कामीले ४६ रन र कुशल मल्लले ३३ रन बनाएका थिए।
नेपालले अब अमेरिका भ्रमणमा अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ