बिहिबार, मंसिर २०, २०८१

लुम्बिनीका मुख्यमन्त्री चीन जादै


कान्तिपथ


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीसहितको प्रतिनिधि मण्डलसहित मुख्यमन्त्री आचार्य आगामी साता चीन जाने भएका हुन् ।

चीन जान लागेका मुख्यमन्त्री आचार्यको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री आचार्यको भ्रमण स्वीकृत गरेको हो ।

चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य सहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको हो ।

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखी १३) कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत