बुधबार, माघ २८, २०८२

स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख


कान्तिपथ


काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउने क्रम जारी छ । पछिल्लो अपडेटमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसभन्दा अगाडि रहेका छन् ।

यसैबीच पार्टीतर्फ झुकेका अधिकांश राज्यमा खासै परिवर्तन नदेखिए पनि स्विङ स्टेट अर्थात् उम्मेदवार हेरेर समर्थन परिवर्तन गर्ने राज्यमा भने प्रतिस्पर्धा निकै रोचक बनेको छ । अहिलेको प्रवृत्तिका अनुसार डोनाल्ड ट्रम्पले यी राज्यहरूमा ठूलो अग्रता हासिल गरेका छन् ।

अमेरिकामा ७ स्विङ स्टेटहरु छन् । यी अन्य प्रदेशको तुलनामा महत्वपूर्ण मानिन्छन्, किनकि सबै राज्यले दलहरूको परम्परागत समर्थनलाई महत्व दिँदा पनि यी स्विङ राज्यहरूमा दलहरूको समर्थन परिवर्तन भइरहन्छ । यस्तो अवस्थामा राष्ट्रपति उम्मेदवारले यी स्विङ स्टेटमा जितेमा चुनावमा विजयी हुने देखिएको छ । त्यसैले स्विङ स्टेटले राष्ट्रपतिको उम्मेदवारको भाग्यको फैसला गर्ने मानिन्छ ।

अहिले यी ७ राज्यको अपडेट आएको छ । जसमध्ये डोनाल्ड ट्रम्प सबै स्विङ स्टेटमा अगाडी रहेका छन् भने कमला ह्यारिस पछाडी परेकी छन् । यी शुरुवाती रुझान नतिजामा परिवर्तन भएमा ट्रम्प विजयी हुने छन् ।

सातवटा महत्वपूर्ण राज्यमध्ये १६ इलेक्टोरल कलेज भएको नर्थ क्यारोलिनामा ट्रम्प विजयी हुने निश्चित भएको बिबिसीले उल्लेख गरेको छ ।

त्यस्तै पेन्सिल्भेनिया १९ इलेक्टोरल कलेज भोटसहित सबैभन्दा महत्त्वपूर्ण राज्यको रूपमा उभिएको छ । यहाँ अहिलेसम्म डोनाल्ड ट्रम्प ५१.३ प्रतिशत मतका साथ अगाडि छन् । योसँगै ह्यारिसले ४७.८ प्रतिशत मत प्राप्त गरेका छन् ।

त्यस्तै, जर्जिया, मिशिगन, एरिजोना, विस्कन्सिन र नेभाडामा ट्रम्प अगाडी रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत