बिहिबार, मंसिर २०, २०८१

दोलखाको गौरिशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुंग्यायो


कान्तिपथ


काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएको छ ।

कांग्रेसले जिल्ला कार्यसमितिले उपाध्यक्षमा पासाडिकी शेर्पालाई टिकट दिने निर्णय गरेको हो ।

जिल्ला कार्यसमितिले उनका नाम सर्वसम्मत रुपमा अनुमोदन गरेर केन्द्रमा पठाएको हो । तत्कालीन गाउँपालिका उपाध्यक्ष रहेका श्यामसुन्दर तामाङको २०८० साल असारमा निधन भएको थियो । सोही कारण त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो ।

उपनिर्वाचनमा टिकट पाएकी शेर्पा स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमती हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत