मङ्लबार, मंसिर २५, २०८१

छोराले आत्महत्या गरेपछि आमाले हालिन् एआई कम्पनीविरुद्ध मुद्दा


कान्तिपथ


अमेरिकामा एक महिलाले आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटले आफ्नो छोरालाई आत्महत्या गर्न प्रोत्साहन गरेको भन्दै मुद्दा हालेकी छन् ।

क्यारेक्टरडटएआईको च्याटबटसँग आफ्नो छोरा लतमा लागेको भन्दै ती महिलाले मुद्दा हालेकी हुन् ।

फ्लोरिडाको संघीय अदालतमा दायर मुद्दामा मेगन गार्सियाले क्यारेक्टरडटएआईले आफ्नो छोरा सेवेल सेटजरलाई मानवविज्ञान, हाइपरसेक्सुअलाइज्ड र डरलाग्दो यथार्थजस्तो अनुभव दिई लक्षित बनाएको आरोप लगाएकी छन् ।

कम्पनीले च्याटबटलाई वास्तविक मान्छे, लाइसेन्सप्राप्त मनोविज्ञ र युवाप्रेमीका रूपमा प्रस्तुत गरी सेवेललाई बाहिरको संसारमा बाँच्न नचाहन बाध्य पारेको उनले बताएकी छन् ।

उनका छोराले आत्महत्याको विचार च्याटबटसँग सेयर गर्दा च्याटबटले त्यसलाई पटक–पटक दोहोर्‍याएर देखाएको उनको भनाइ छ ।

ती महिलाले क्यारेक्टरडटएआईका संस्थापकले पहिले काम गरेको गुगलविरुद्ध पनि मुद्दा दायर गरेकी छन् ।

आफूप्रति आत्महत्या दुरुत्साहनको आरोपसहित मुद्धा दायर भएपछि क्यारेक्टर टेक्नोलोजिज इंकले विचाराधीन मुद्दामा केही नबोल्ने बताएको छ । यद्यपि, गत २८ फेब्रुअरीमा ती किशोरले आफ्नै ज्यान लिएको घटनापछि क्यारेक्टर टेक्नोलोजिज इंक केही गम्भीर बनेको छ । आफूमाथि मुद्दा दायर भएकै दिन उसले बालबालिका र आत्महत्या रोकथामका लागि नयाँ सुरक्षा अपडेटहरूको घोषणा पनि गरेको छ ।

गैर–नाफामुखी कमन सेन्स मिडियाका संस्थापकसमेत रहेका सीईओ जेम्स स्टेयरका अनुसार च्याटबोटहरू इजाजतपत्र प्राप्त चिकित्सक वा असल साथीहरू होइनन्, यद्यपि, तिनीहरू कसरी तयार पारिन्छ र बजारीकृत गरिन्छन् भन्ने कुरा बुझेर आमाबाबुले आफ्ना छोराछोरीहरूलाई उनीहरूमा धेरै भर पर्न दिनुहुन्न ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत