हेटौँडा । सरकारी कागजात किर्ते गरेको आरोपमा मकवानपुरको बकैया गाउँपालिकाका एक वडा अध्यक्ष पुर्पक्षका लागि जेल चलान भएका छन् ।
मकवानपुरको बकैया गाउँपालिका–४ नम्बर वडाका वडाध्यक्ष राजन दंगाल सरकारी कागजात किर्ते गरेको आरोपमा पुर्पक्षका लागि भीमफेदी कारागार चलान भएका हुन् ।
जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले बुधवार सरकारी कागजात किर्तेको आरोपमा दंगाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश गरेको थियो ।
वडा अध्यक्ष दंगाल विरुद्ध गत असार दोस्रो हप्ता कागजात किर्ते गरेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
दंगाल ४ महिनापछि बुधवार अदालतमा उपस्थिति भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता किर्ते र जग्गा पास सम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको आरोप छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ