सोमवार, मंसिर २२, २०८२

नेपाल लगातार दोस्रो खेलमा विजयी


गणेश विक


आईसीसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ।

युएईको द सेभेन रंगशालामा बिहीबार नेपालले कुवेतविरुद्ध १०८ रनको फराकिलो जित निकाल्यो।

लगातार दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ। दुवै खेलमा पराजित कुवेत अंकविहिन छ। पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गर्दा कुवेतले घरेलु टोली युएईसँग १०६ रनको हार बेहोरेको थियो।

नेपालले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमै समेटियो। कुवेतका लागि जिफा जिलानीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि सीमाना केसी र रचनाकुमारी चौधरीले समान दुई तथा कप्तान पूजा महतो, करिस्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३० रनको योगफल तयार पारेको थियो।

नेपालका लागि पूजा महतोले ३४, साना प्रविनले २५, ज्योत्स्निका मरासिनीले २३ र अलिशाकुमारी यादवले १५ रन बनाए। चौथो विकेटका लागि पूजा र ज्योत्स्निकाले ४७ रनको साझेदारी गरे। कुवेतका लागि आयशा इक्बाल पेविकरले दुई तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान एक विकेट लिए।

अब नेपालले शनिबार घरेलु टोली युएईको सामना गर्नेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत